logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौँ आवतजावतमा थप कडाइ, सवारी सहजीकरण नगरिने

राष्ट्रिय |


काठमाडौँ आवतजावतमा थप कडाइ, सवारी सहजीकरण नगरिने


मुकुन्द गैरे
काठमाडौँ, भदौ २५ गते । काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पारेको भोलिपल्ट काठमाडौँबाहिर आवत–जावतमा भने थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै काठमाडौँ आवतजावतमा यसअघिको भन्दा थप कडाइको नियम ल्याएको बताएको छ ।
अबदेखि काठमाडाैँ जिल्लाबाहिर जाने अत्यावश्यक काम दाह संस्कार, कर्मचारीको सरुवा भई जानुपर्नेलगायत सवारी साधनलाई पनि अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने कागजपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ । साथै सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस अनिवार्य रुपमा पेश गरी सम्बन्धित व्यक्ति स्वयम् उपस्थित हुनुपर्नेछ ।

तोकिएका अत्यावश्यक कार्यबाहेक काठमाडौँ जिल्लाबाहिर आवतजावत गर्न सवारी सहजीकरण नगरिने प्रशासनले स्पष्ट पारेको छ । यसअघि काठमाडौँ आवतजावत गर्नेको लागि सवारी सहजीकरण गरिँदैआएको भए पनि अबदेखि यो सुविधा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप