logo
२०८१ फाल्गुन २८ बुधवार



काँग्रेस विपक्षीकै भूमिकामा बस्छः नेता सिंह

राष्ट्रिय |


काँग्रेस विपक्षीकै भूमिकामा बस्छः नेता सिंह
फाईल तस्विर


काठमाडौँ,मङ्सिर ८ गते। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताउनुभएको छ । सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दै उहाँले जनताले अहिले काँग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने बताउनुभएको हो ।    
    
“प्रधानमन्त्रीलाई पार्टी सभापतिले भेटेको कुरालाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन, काँग्रेस जनताले दिएको म्याण्डेटअनुसार प्रतिपक्षको भूमिकामा रहन्छ”, उहाँले भन्नुभयो । नेकपाभित्रको झगडामा काँग्रेसको कुनै सरोकार नरहने उहाँको भनाइ थियो ।    
    
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले झण्डै दुई तिहाइ बहुमत पाएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सरकारले सङ्घीयताको मर्म र भावना विपरीत काम गर्दै आइरहेको आरोप लगाउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?