logo
२०८१ फाल्गुन २६ सोमवार



सुन्दरीजलमा थप एक पानी प्रशोधन केन्द्र निर्माण गरिने

राष्ट्रिय |


सुन्दरीजलमा थप  एक पानी प्रशोधन केन्द्र निर्माण गरिने
सांकेतिक तस्बिर


काठमाडौँ, मङ्सिर ३० गते । मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७÷१७ करोड लिटर पानी प्रशोधनका लागि अर्काे संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । एशियाली विकास बैंक (एडिबी) को आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उहाँले जानकारी दिनुभयो । एडिबीले सो पुनरवलोकन गर्ने काम अघि बढाइरहेको छ । सरकारले चालू आवमा रु ३५ करोड छुट्याएकाले यस वर्ष ठेक्कामा जान सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो आवमा ठेक्कामा जान सकेमा अर्काे वर्ष निर्माणको काम हुनेछ ।”

सरकारले छुट्याएको रकम कम भए पनि दातृ निकायले लगानी सुनिश्चित भएकाले चालू आवमै ठेक्कामा जान सकिने प्रमुख पन्तले बताउनुभयो । आयोजनाले नयाँ केन्द्र निर्माणसँगै पहिले निर्माण भइसकेका दुवै केन्द्रको क्षमता विस्तारसमेत अघि बढाउने भएको छ । पहिलो चरणमा मेलम्चीका लागि १७ करोड लिटर क्षमताको केन्द्र बनेको थियो । दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी प्रशोधनका लागि थप ३४ करोड लिटर क्षमताको केन्द्र आवश्यक छ । सुन्दरीजलमा दुई केन्द्रको क्षमता विस्तार गरेर २५ दशमलव पाँच बनाउन सकिन्छ । उहाँले भन्नुभयो, “अहिले भइरहेका पूर्वाधारको क्षमता बढाउँदा अर्काे एउटा पनि २५ दशमलव पाँच करोड लिटर क्षमताको निर्माण गरे पुग्छ ।”

आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । सुन्दरीजलमा दुई केन्द्रको निर्माण गतवर्ष नै सम्पन्न भइसकेको थियो । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्काे एडिबीको आर्थिक सहयोगमा भएकोे थियो । सुरुङ, हेडवक्र्स र प्रशोधन केन्द्रको निर्माण आयोजनाले र पाइपलगायत अरू पूर्वाधारको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?