logo
२०८१ माघ ३० बुधवार



काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

राष्ट्रिय |


काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन
फाइल तस्बिर


काठमाडौँ, वैशाख १५ गते । आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ ।

बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला ठूलो सङ्ख्यामा उपस्थित भई बैठक गर्नु अनुपयुक्त भएकाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशानुसार बैठक स्थगन गरिएको उहाँले राससलाई बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?