काठमाडौं, बैशाख २९ गते । उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीका दिवंगत केन्द्रीय सदस्य पशुपति चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गर्नुभएको छ ।
एमालेको थापाथलीस्थित केन्द्रीय कार्यालय पुगेर उपप्रधानमन्त्री पोखरेलले श्रद्वाञ्जललि अर्पण गर्दै निष्ठाका साथ आफ्नो सम्पूर्ण जीवन पार्टीमा बिताउने एकजना अशल गुमाउनुपरेको बताउनुभयो ।
तीन दिन अघिमात्रै स्वास्थ्यका बारेमा आफूले उहाँसँग गरेको कुराकानी अहिलेजस्तो लागिरहेको उल्लेख गर्दै पोखरेलले चौलागाइृँसँग लामो समयदेखि रहँदै आएको हार्दिकतापूर्ण सम्बन्धलाई सधैँ सम्झने जनाउनुभयो ।
कोरोनाका कारण निधनु हुनुभएका बाग्मती प्रदेशसभा सदस्य चौलागाईंले २०३८ साल मङ्सिर ८ गते पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । पार्टीको तत्कालीन युवा सङ्घको केन्द्रीय अध्यक्ष, नेकपा ९एमाले० को दोलखा जिल्ला कमिटी अध्यक्ष, बागमती अञ्चल कमिटी सचिव, इञ्चार्ज हुँदै पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो ।