logo
२०८१ माघ २६ शनिवार



खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग उपप्रमको आग्रह

राष्ट्रिय |


खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग उपप्रमको आग्रह
फाइल तस्बिर


काठमाडौँ, जेठ १२ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गर्नुभएको छ ।    
नेपालका प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उहाँले चीनका पार्टीका विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

नेकपा ९एमाले०का महासचिव समेत उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गर्नुभएको हो । यसअघि चीनले कोभिड–१९ विरुद्ध भेरोसेल खोप आठ लाख मात्रा नेपाललाई अनुदानस्वरुप उपलब्ध गराइसकेको छ । 

“नेपालीहरुको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ, ”उहाँले भन्नुभयो, “दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।”    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?