logo
२०८१ बैशाख १३ बिहीवार



उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, जारी निषेधाज्ञा थप हुने

राष्ट्रिय |


उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, जारी निषेधाज्ञा थप हुने


मुकुन्द गैरे
काठमाडौं, जेठ १८ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । जारी निषेधाज्ञाको अवधि बिहीबार राति १२ बजे बाट सकिन लागेको बेला उपत्यकाका प्रजिअहरुको बैठक बस्न लागेको हो ।

बैठकले जारी निषेधाज्ञा थप गर्ने र निषेधाज्ञालाई अलि खुकुलो बनाउने वा अझै कडा बनाउने विषयमा आजको बैठकमा समीक्षा हुने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

अहिले नै खाद्य पसल लगायत निर्माणको कामलाई खुकुलो बनाउने भन्ने विषयमा टुङ्गोमा नपुगेको उहाँले बताउनुभयो । यस अघि जेठ ११ गते बसेको वैठकले उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थप गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले निषेधाज्ञामा भीड्भाड बढेको भन्दै किराना पसल, डिपार्टमेन्टल स्टोल, निजी तथा सार्वजनिक निर्माणको काम समेत बन्द गर्ने निर्णय गरेको थियो ।तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप