logo
२०८१ मंसिर १० सोमवार



पूर्वप्रधानमन्त्री खनालको अक्सिजनको सहयोगमा उपचार   

राष्ट्रिय |


पूर्वप्रधानमन्त्री खनालको अक्सिजनको सहयोगमा उपचार   
फाइल तस्बिर


 काठमाडौँ, जेठ ३१ गते । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।    
उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?