logo
२०८१ बैशाख ११ मंगलवार

  निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका प्रजिअहरुको बैठक बस्दै  



एक साता थप हुने, सार्वजनिक यातायात खुल्ने सम्भावना कम

राष्ट्रिय |


एक साता थप हुने,  सार्वजनिक यातायात  खुल्ने सम्भावना कम


मुकुन्द गैरे
काठमाडौं, असार १३ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्नेछ ।

जारी निषेधाज्ञा एक हप्ता थप हुने र अन्य केही क्षेत्र खुकुलो बनाइने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।सार्वजनिक यातायात सञ्चालन गर्न दिन माग आए पनि अहिलेको अवस्थामा खोल्ने अवस्थामा आफूहरु नपुगेको र यस विषयमा पनि आज निर्णय हुने प्रजिअ निरौलाले बताउनुभयो ।

अरु के– के क्षेत्र थप खुकुलो हुन्छन् भन्ने प्रश्नमा अहिले खुला भएका क्षेत्रहरुको खोल्ने र बन्द गर्ने समयतालिका हेरफेर हुन्छ र अन्य थप खुला हुने क्षेत्रलाई समय मिलाएर खोल्न दिनेछाैं उहाँले भन्नुभयो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप