logo
२०८१ बैशाख २२ शनिवार



मेलम्चीको सुरुङ सुरक्षित

अर्थ |


मेलम्चीको सुरुङ सुरक्षित


लक्ष्मण दर्नाल

काठमाडौँ, असार १४ गते । बाढीले संरचनाहरू भत्काएर क्षति पु-याए पनि मेलम्चीको पानी काठमाडौँ पठाउन भने समस्या नहुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । परीक्षण स्वरूप काठमाडौँ पठाइएको पानीलाई बन्द गरी सुरुङको निरीक्षण भइरहेको अवस्थामा बाढी आएकाले सुरुङमा क्षति भएको छैन ।
सुन्दरीजल र अम्बाथानको अडिट सुरुङबाट निरीक्षणको काम सुरु भएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । निरीक्षणपछि सुरुङमा पानी ल्याउन समस्या नहुने उहाँको भनाइ छ । वैकल्पिक पथान्तरणबाट सुरुङमा पानी पठाउन सकिने सम्भावना रहेको समितिले जनाएको छ । आयोजनाले पहिला पनि वैकल्पिक मार्गबाट नै सुरुङमा पानी पठाएको थियो ।
पन्तले भन्नुभयो, “बाढीले संचरना भत्काएर क्षति पु-याए पनि काठमाडौँमा मेलम्चीको पानी पठाउन समस्या हँुदैन, वैकल्पिक पानी पथान्तरणबाट अस्थायी ड्याममार्फत अस्थायी रूपमा वैकल्पिक मार्गबाट पानी पठाउन सकिने सम्भावना छन्, पानी पठाउने कुरामा समस्या हँुदैन ।” हाल सुरुङको निरीक्षण भइरहेको छ । निरीक्षणपछि पानी पठाइने समितिले जनाएको छ ।
संरचना निर्माणको पहल दुई हप्ताअघि आएको बाढीका कारण मेलम्चीको हेडवक्र्स पुरिएको छ । दुई दिनअघि हेडवक्र्स निर्माणस्थल पुगेको प्राविधिक टोलीले हेडवक्र्स करिब १० मिटर पुरिएको जानकारी समितिलाई दिएको छ । हेडवक्र्समा करिब तीन लाख घनमिटर गिट्टी बालुवा र ढुङ्गा थुप्रिएको र त्यसलाई हटाउन करिब ३० करोड रुपियाँ लाग्ने अनुमान गरिएको पन्तको जानकारी दिनुभयो ।
समितिका अनुसार प्राविधिक टोली मेलम्चीको रिवर्मा भन्ने ठाउँसम्म पुगेको थियो । हेडवक्र्सको दायाँ किनारसम्म पुगेको टोली नदी पार गरेर पारि बायाँ किनारमा भने जान सकेन । नदीमा पानीको बहाव, गिट्टी बालुवा र माटो थुप्रिएका कारण पार गर्न नसकिएको पन्तको भनाइ छ । हेडवक्र्स पुर्नुका साथै बाढीले अस्थायी संरचना, सडक, पुल, निर्माण सामग्री, क्याम्पहरू बगाएको छ । मेलम्ची आयोजना नजिकै हेडवक्र्स क्षेत्रका तीनवटा पुलहरू बगाएको छ । मेलम्ची प्रवेश मार्गमा थप दुईवटा पुल बगाएको छ ।
यी संरचनाहरूको निर्माण नगरी आयोजनाको थप काम गर्न सकिने अवस्था नरहेको पन्तले जानकारी दिनुभयो । संरचना निर्माणका लागि सम्बन्धित निकाय र सरकारसँग पहल गरिएको समितिले जनाएको छ । क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन । मेलम्ची आयोजनालाई बाढीले करिब एक अर्ब रुपियाँ बराबरको क्षति पु-याएको समितिको प्रारम्भिक अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?