logo
२०८० चैत्र १६ शुक्रवार

  आशन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक  



नेपाल पक्षका अधिकतम नेता समेट्ने प्रयास, आगामी कदम बैठकपछि टुङ्गो लाग्ने

राष्ट्रिय |


नेपाल पक्षका अधिकतम नेता समेट्ने प्रयास, आगामी कदम बैठकपछि टुङ्गो लाग्ने


सपना थामी 

काठमाडौं, असार १५ गते । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे बस्दैछ । एमाले एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तथा युवा पुस्ताका नेताहरुले पार्टी एकताका लागि प्रयास गर्दै आउनुभएको छ । एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरुले अझै पनि पार्टी एकताको पक्षमा जोड गरिरहेको बताउनुभयो । भोलि बस्ने भनिएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकको सन्दर्भमा पार्टीको आगामी कदमबारे  टुंगो लगाउन सकिने भनाई नेम्वाङको छ । उहाँले विगतदेखि नै पार्टी एकता नभएसम्म दुवै पक्षबीचमा निरन्तर छलफल र संवाद जारी रहने बताउँदै आउनुभएको छ ।

यस्तै निवर्तमान मन्त्री एवम् एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टी एकताका लागि हर तहको प्रयास जारी रहने बताउनुभएको छ । पार्टीमा शतप्रतिशत नेता, कार्यकर्ता समेट्ने लक्ष्य रहेको तर शतप्रतिशत नसमेटिए पनि अधिकतम् नेताहरु समेट्दै पाटी अघि बढ्ने तामाङले बताउनुभयाे । पार्टीको आगामी बैठक र कदमहरुबारे दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले नै तय गर्ने उहाँको भनाई छ । नेपाल पक्षले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र आफ्नै पार्टीको बहुमतको सरकारलाई हराउने जस्ता पार्टीको विधान विपरीतका कामहरु प्रदेश सरकारहरुमा समेत फ्लोर क्रस गराउनेसम्मका कामहरु हुँदा समेत पार्टी अध्यक्ष ओलीले हदैसम्मको लचकता अपनाएर पार्टी एकता जोगाउन खोज्नुभएको तामाङले बताउनुभयो । पार्टी अध्यक्षबाट पार्टीकै विधान विपरित त काम भएको छैन, उहाँले गोरखापत्र अनलाइनलाई बताउदै भन्नुभयाे, पार्टीको कारबाहीमा पर्नुभएको ११ जना नेताहरु बाहेक पार्टी र पार्टीको बैठकमा २ सय ५६ जना हुनसक्नुहुन्छ ।  हदैसम्म लचकता अपनाएर नेकपा एमालेलाई एकताबद्ध बनाउने प्रयासमा रहेको पार्टी अध्यक्ष ओली पक्षका नेताहरुले बताउनुभएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?