logo
२०८१ माघ २३ बुधवार



सभापति देउवाद्वारा थापाको निधनप्रति दुःख व्यक्त   

राष्ट्रिय |


सभापति देउवाद्वारा थापाको निधनप्रति दुःख व्यक्त   
फाइल तस्बिर


काठमाडौँ, असार २१ गते ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैलेख कांग्रेसका पूर्वसभापति जगतजङ्ग थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको आज बिहान दैलेख अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।    
  सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट कांग्रेसले एक असल र निष्ठावान् नेतालाई गुमाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

स्व थापा पार्टीको महासमिति सदस्य, कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय सदस्य, नेपाल बाल सङ्गठनको पूर्वकेन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति हुनुहुन्थ्यो । कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।    
   आजै सभापति देउवाले पार्टीको कालीकोट जिल्ला कार्यसमितिका सदस्य एवं महिला शाखा प्रमुख लक्ष्मी शाहीको निधनप्रति पनि दुःख व्यक्त गर्नुभएको छ । उहाँको यही असार १८ गते ५३ वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो ।

नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।    

  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?