logo
२०८१ बैशाख २८ शुक्रवार



‘म पार्टी विभाजनको पक्षमा छैन’ – मुख्यमन्त्री शाक्य

राष्ट्रिय |


‘म पार्टी विभाजनको पक्षमा छैन’ – मुख्यमन्त्री शाक्य


   
वाग्मती, भदौ १६ गते । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट गर्नुभएको छ । नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताउनुभयो । “म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भन्नुभयो ।    
    
आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उहाँले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि दुःखद् भएको बताउनुभयो । मुख्यमन्त्रीले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउँछु भन्नुभयो ।    
    
पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुरुप आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेत्री शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताउनुभयो । उहाँले एमाले एकजुट भएर शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा प्रदेशसभा सदस्यले सरकारले र पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीतिका बारेमा जिज्ञासा राखेका थिए ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?