logo
२०८१ जेष्ठ ३ बिहीवार



विकासमा सहकार्य गर्न इच्छुक – युएनडिपी

प्रदेश |


विकासमा सहकार्य गर्न इच्छुक – युएनडिपी


       
पोखरा, भदौ १६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नायब आवासीय प्रतिनिधि बर्नान्डो कोकोबीच आज पोखरामा भेट भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशका साथै मुलुककै विकासको अभिन्न साझेदार युएनडिपीले गण्डकीमा भौतिक उपस्थिति नै जनाएर काम गर्दा अझ सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा सम्भव भए क्षेत्रिय कार्यालय नभए फिल्ड अफिस स्थापना हुनेछ भन्नेमा म विश्वस्त छु । आवश्यक निर्णयका लागि अनुरोध गर्दछु ।”    
    
मुख्यमन्त्री पोखरेलले युनएनडिपीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि परियोजनामा सहकार्य गर्ने इच्छा देखाएकामा त्यसलाई छिट्टै पूर्णता दिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “नवप्रवर्र्तनका क्षेत्र, साना तथा मझौला उद्योगको विकास र कृषिको आधुनिकीकरण गर्न युएनडिपीले सहयोग गरिदियोस् भन्ने हाम्रो चाहना छ ।” मुख्यमन्त्री पोखरेलले उद्यमशीलता प्रवद्र्धन, कृषिको बजारीकरण र डिजिटल प्रविधिको प्रयोगमा युएनडिपीले भविष्यमा महत्वपूर्ण सहयोग गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । युएनडिपीको सहयोगमा वालिङ नगरपालिकामा सञ्चालित उद्यम विकासलगायतका कार्यक्रम प्रभावकारी भएकाले त्यस्ता असल अभ्यासलाई सबै पालिकामा लैजाने सन्दर्भमा प्रदेश सरकार युएनडिपीसँग सहकार्य गर्न इच्छुक रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।    
    
नायब आवासीय प्रतिनिधि काकोले योजना निर्माण, सुशासन, हरित अर्थतन्त्र, लघुउद्यम प्रर्वद्धनलगायतका कार्यक्रममा युएनडिपी सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले आजै पर्यटन उद्योग तथा आपूर्तिमन्त्री मणिभद्र कँडेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेसँग पनि भेट गर्नुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?