logo
२०८१ माघ १० बिहीवार



एकीकृत समाजवादीका अध्यक्ष नेपाल उपचारपछि घर फिर्ता  

राष्ट्रिय |


एकीकृत समाजवादीका अध्यक्ष नेपाल उपचारपछि घर फिर्ता  


       
काठमाडौँ, असोज १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि आज घर फर्किनुभएको छ ।         

अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि उहाँ यही असोज १३ गते त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको थियो ।

उहाँ स्वास्थ्य लाभ गरी कोटेश्वरस्थित निवास फर्किनुभएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीलुकुमारी पन्तले जानकारी दिनुभयो । वरिष्ठ छातिरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको चिकित्सक टोलीले अध्यक्ष नेपालको उपचार गरेको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?