logo
२०८१ माघ ८ मंगलवार



देशमै रोजगारी सिर्जना गर्नुपर्छ – मन्त्री श्रेष्ठ

राष्ट्रिय |


देशमै रोजगारी सिर्जना गर्नुपर्छ – मन्त्री श्रेष्ठ
फाइल फाेटाे


         
कलैया, कात्तिक १७ गते । श्रम रोजगार एवं सामाजिक विकासमन्त्री किसान श्रेष्ठले रोजगारी आफनै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको बताउनुभएको छ ।

बाराको कलैयामा आज नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रचार विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले श्रमिकका लागि बारा, पर्सालाई केन्द्रमा राखी सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो ।    
    
अब पनि श्रमिकलाई दुःखको सामना गर्नु नपरोस् भन्ने अभिप्रायका साथ ठोस् नीति निर्माण गरी उनीहरुको हकहितको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रचार विभागका प्रमुख रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका मन्त्री श्रेष्ठले निर्वाचनसम्म कुनै पनि हालतमा पाँचदलीय गठबन्धन कायम रहनेमा आफू आशावादी रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?