logo
२०८१ मंसिर ७ शुक्रवार



मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह

राष्ट्रिय |
राजनीति |


मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह


काठमाडौं, मङ्सिर ३ गते । नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँले मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’ को प्रदेश अधिवेशन आज उद्घाटन गर्दै सभापति बानियाँले पार्टीभित्रको एकतालाई कायम राखेर मर्यादित ढङ्गले कांग्रेस अधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभएको हो । “अधिवेशनले पार्टीभित्र विग्रह ल्याउने काम नहोस्, तिक्तता होइन, आपसी एकता निर्वाचनले कायम गरोस्”, उहाँले भन्नुभयो । सामूहिकरुपमा सङ्गठनलाई अगाडि बढाउनसमेत बानियाँले आम नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति ख्यामराज तिवारीले आमनिर्वाचनमा कांग्रेसलाई बलियो बनाउने खालको नेतृत्व पार्टी अधिवेशनले छनोट गर्नुपर्ने बताउनुभयो । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको २० प्रदेशसभामा एकैसाथ निर्वाचन भइरहेको छ । आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन, १६ र १७ गते प्रदेश अधिवेशन र २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?