logo
२०८१ मंसिर १२ बुधवार



महाधिवेशनपछि एमाले थप प्रभावशाली बनेको सन्देश गयो : नेता ज्ञवाली

राष्ट्रिय |


महाधिवेशनपछि एमाले थप प्रभावशाली बनेको सन्देश गयो : नेता ज्ञवाली
तस्विरः कविता थापा/गोरखापत्र


काठमाडौं, मंसिर २३ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिमा लोकप्रिय र प्रभावशाली भएको सन्देश गएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले सो कुरा बताउनुभयो ।

महाधिवेशनको उदघाटनसत्रमा नारायणी तीरमा देखिएको ठूलो जनसहभागिता र बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली देखिएको बताउनुभयो । मुलुकमा राजनीतिक निकासका लागि ताजा जनादेश नै विकल्प भएको एमालेको ठहर रहेको जनाउँदै उहाँले गठबन्धन सरकारभित्रको अन्योल र न्यायालयमा देखिएको विवादले एमालेको धारणालाई सही सावित गरेको स्पष्ट गर्नुभयो ।

मङ्सिर २८ गतेदेखि हुने सङ्घीय संसद्को अधिवेशनमा एमालेले अवरोधका कार्यक्रमलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो । पार्टीले कारबाहीको सिफारिस गरेका सांसदहरूलाई कायम राखेर सदन चल्न नसक्ने अडान पार्टीको यथावत रहेको उहाँले बताउनुभयो । उहाँले न्याय क्षेत्रको समस्या समाधान कुनै व्यक्तिलाई कायम राखेर वा हटाएर मात्रै नहुने नेता ज्ञवालीले बताउनुभयो ।

न्याय क्षेत्र सुधार आवश्यक रहेको चर्चा गर्नुहुँदै उपमहासचिव ज्ञवालीले सर्वोच्चलाई दिइएको सुझाव प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । न्यायालको विचलनले मुलुकको लोकतन्त्र विचलित हुने भन्नुहुँदै उहाँले समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?