logo
२०८१ मंसिर ११ मंगलवार



मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक हो :अध्यक्ष प्रचण्ड

राष्ट्रिय |


मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक हो :अध्यक्ष प्रचण्ड


काठमाडौँ, माघ १ गते । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताउनुभएको छ । उहाँले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गर्नुभएको छ ।

थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति ९मकर सङ्क्रान्ति० पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरूप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफँैमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रूपमा रहेको बताउनुभएको छ ।

यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै उहाँले नेपाल भौगोलिक एवम् सांस्कृतिक विविधताले भरिएको मुलुक भएको स्मरण गर्नुभएको छ ।

शुभामना सन्देशमा उहाँले भन्नुभएको छ, “यी चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका पनि छन् । नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वलाई आधार स्तम्भका रूपमा लिन सकिन्छ ।”

विश्वभर पुनःफैलिएको कोरोना भाइरसको महामारीका कारण हामीले आफ्ना पर्वलाई उत्सवका रूपमा मनाउन नसकेको भन्दै उहाँले महामारीबा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?