logo
२०८१ बैशाख ८ शनिवार



काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने

राष्ट्रिय |


काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने


काठमाडौं, चैत २८ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न बस्ने समितिको बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी आज एक सूचना जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?