logo
२०८१ मंसिर १३ बिहीवार



बहुमतको निर्णयमा पुनर्विचार हुने

राष्ट्रिय |


बहुमतको निर्णयमा पुनर्विचार हुने



गोरखापत्र समाचारदाता
काठमाडौं, माघ ६ गते । नेपाली कांग्रेसका प्रभावशाली तीन नेताहरूबीच सोमबार भएको छलफलमा २०७७ फागुन ७ मा हुने महाधिवेशनको मितिबाहेक बहुमतबाट भएका अन्य निर्णयमा पुनर्विचार गर्न सहमति जुटेको छ ।
कांग्रेस केन्द्रीय समितिको बहुमतबाट भएका निर्णयप्रति असन्तुष्टि जनाउँदै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूको चर्को दबाबपछि सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उपसभापति विमलेन्द्र निधिको कार्यकक्षमा भएको छलफलमा यस्तो सहमति जुटेको हो ।
छलफलमा पूर्व उपसभापति प्रकाशमान सिंह र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो । अब पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच केही दिनभित्रै उच्चस्तरीय छलफल गर्ने र सहमतिको वातावरण तयार गरिने जानकारी नेताहरूले दिनुभएको छ ।
पछिल्लो छलफलमा जुटेको सहमति अनुसार, १४ औं महाधिवेशनको २०७७ फागुन ७ को मिति कायम राखेर अन्य कार्यतालिका आपसी सहमतिमा संशोधन गर्न सकिने, विधानको निलम्बन, नेपाल तरुण दल र भ्रातृ सङ्गठनका विषयमा भएका निर्णयमा पनि पुनर्विचार गर्ने तीन नेता सहमत हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?