logo
२०८१ मंसिर १३ बिहीवार

  प्रतिनिधिसभा पहिलो बैठक सम्पन्न 



उप सभामुखद्वारा मार्ग प्रशस्त गर्ने घोषणा, अर्को बैठक ४ बजे

राष्ट्रिय |


उप सभामुखद्वारा मार्ग प्रशस्त गर्ने घोषणा, अर्को बैठक ४ बजे


गोरखापत्र अनलाइन
काठमाडौँ, माघ ६ गते । सोमबार प्रतिनिधिसभाको दुई वटा बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा उप सभामुख डा.शिवमाया तुम्बाहाङफेले केही समय अघि सञ्चालन गर्नुभएको थियो । उहाँले सो बैठकमा बोल्दै असहज परिस्थितिका कारण संसद अबरुद्ध भएको र यस्तो परिस्थिति कायम हुनु हुँदैन भनेर आफूले मार्ग प्रशस्त गर्ने निर्णय गरेको बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै यस विषयमा आफूले पटक पटक शीर्ष नेतृत्वसँग भेटघाट गरेको उल्लेख गर्दै समावेशी लोकतन्त्र अभ्यास र आचारणबाट मात्र कार्यान्वयन गर्न सकिने बताउनुभयो । उहाँले झण्डै दुई वर्ष उप सभामुखको पदमा रहेर काम गर्ने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो
अर्को बैठक दिउँसो ४.०० बजे बस्ने घोषणा गर्नु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?