दुई लाइनको सेस्मिक सर्भे सम्पन्न, चट्टान परीक्षण उत्साहजनक
गोरखापत्र अनलाइन ,
पुष २२, २०७६ मंगलवार
दैलेखको श्रीस्थान, नाभिस्थान, पादुकालगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्ेबषणका क्रममा खनिएका १० वठा सेस्मिक लाइनहरु मध्ये दुई लाइनमा सर्भे सम्पन्न भएको छ । अन्बेषणका लागि तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका गरी १० वटा सेस्मिक लाइन मध्ये उत्तर दक्षिण दिशाका दुई वटा लाइनमा सर्भे सम्पन्न भएको खानी तथा भूगर्भ बिभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले बताउनुभयो ।