शताब्दी नाघेकाे विद्यालय, नयाँ भवनसँगै पठन पाठनमा चमक ल्याइने
गोरखापत्र अनलाइन ,
पुष २१, २०७६ सोमबार
देशको जेठो विद्यालय दरबार हाइस्कुल र संस्कृत माध्यमिक विद्यालयको नयाँ भवनका प्रत्येक कक्षा कोठा बिद्यार्थीले भरिभराउ गर्ने योजना बनाइएको छैन । स्वभाविक हो अभिभावकले अत्याधुनिक भवनभन्दा शैक्षिक गुणस्तरका आधारमा विद्यालयको छनोट गर्छन् तर दुवै विद्यालयका शिक्षकहरु नयाँ भवनमा सरेपछि स्वतः विद्यार्थी बढ्ने तर्क गर्छन् ।
नयाँ भवनमा सर्ने दिन नजिक आइसक्दा पनि विद्यार्थी सङ्ख्या बृद्धि गर्ने योजना तयार पार्नेतर्फ...