सीमा क्षेत्रमा थप सुरक्षाचौकी विस्तार गरिँदै छ - गृहमन्त्री
गोरखापत्र अनलाइन ,
मंसिर ११, २०७६ बुधबार
गृहमन्त्री रामबहादुर थापाले नेपाली भूभाग जोगाउन सरकारले सीमा क्षेत्रमा थप सुरक्षा चौकी राख्न लागेको बताउनुभएको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालकै हो भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै उहाँले हाल ३०/३५ किलोमिटरको फरकमा रहेका ‘सीमा सुरक्षा निगरानी चौकी’को दूरी घटाएर १० किलोमिटरमा झार्न लागिएको जानकारी दिनुभयो ।