logo
२०८१ मंसिर १२ बुधवार



विस्फोटको अभियोगमा पक्राउ 

राष्ट्रिय |


विस्फोटको अभियोगमा पक्राउ 


  
पोखरा, मङ्सिर ११ गते । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्र नजीक भएको शङ्कास्पद वस्तु विस्फोटन गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।    
    
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार आज दिउँसो १२ः४७ बजेको समयमा विस्फोट भएलगत्तै व्यापक प्रहरी परिचालन गरेपछि तत्कालै उक्त व्यक्ति पक्राउ परेका हुन् । फोहरको थुप्रोमा शङ्कास्पद वस्तु विस्फोट हुँदा पाँच व्यक्ति घाइते हुनाका साथै सो स्थानमा पार्किङ गरी राखिएका दुई बसको पछिल्लो भागका सिसा फुटेका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।    
    
विस्फोटसँगै भागदौडका क्रममा पोखरा–१५ गलेश्वर बस्ने ५५ वर्षीय धनमाया सुनार, ४५ वर्षीया रमिला सार्की, ५५ वर्षीया जानकी पोखरेल र ५७ वर्षीया पूर्णमाया विश्वकर्मा र वडा नं १० की ५४ वर्षीय कृष्ण गुरुङ अधिकारी घाइते भएका प्रहरीले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?