गण्डकी प्रदेशमा अहिलेसम्म २५ प्रतिशत मतदान
गोरखापत्र अनलाइन ,
मंसिर १४, २०७६ शनिबार
प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचन अन्र्तगत गण्डकी प्रदेशका पाँच स्थानमा करिब २५ प्रतिशत मतदान भएको छ । बिहान साढे १० बजेसम्म करिब २५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयहरुले जनाएका छन् । ७१ हजार ८७१ मतदाता रहेको कास्की २ का ८२ वटै मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको र अहिलेसम्म २५ प्रतिशत बढी मतदान भइसकेको जिल्ला निर्वाचन अधिकृत महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।