मालवाहक ट्रकका कारण पासाङल्हामु राजमार्ग जीर्ण बन्दै
गोरखापत्र अनलाइन ,
कार्तिक २०, २०७६ बुधबार
बेत्रावती, कालिकास्थान धुञ्चे स्याफ्रुबेँसी खण्डमा सडकको क्षमताभन्दा बढी सामान राखी मालवाहक ट्रक गुढाउने गरेका कारण रसुवा क्षेत्रको पासाङल्हामु राजमार्ग जीर्ण बन्दै गएको छ ।
बीस टनभन्दा बढी भार बोक्ने १२ चक्के ट्रक बढी मात्रामा गुडाउने गरेका कारण राम्चेदेखि ग्राङ, मूलखर्क, फुलखर्क बाकेझुण्डा, व्रावलभिर, खोपाङ सानु भार्खुलगायत अधिकांश सडक सतहका भागमा बढी खाल्टाखुल्टी पर्नाका साथै छेउका भागसमेत दबिँदै...