सामान्य बन्दै कपिलबस्तु, १० बुँदे सहमति
गोरखापत्र अनलाइन
कार्तिक १५, २०७६ शुक्रबार
बुधबारदेखि कपिलबस्तु जिल्लामा उत्पन्न भएको तनाव अहिले साम्य हुंदै गएको छ । बिहीबार रातिसम्म भएको वार्तामा दुई पक्षविच सहमति भएपछि अवस्था सामान्य बन्दै गएको हो ।
प्रदेश ५ प्रदेश प्रहरी प्रमुख नवराज पोखरेलका अनुसार सहमतिपछि बिहीबार राति नै लक्ष्मीपूजाको मूर्ति विर्सजन गरिएको छ भने मृतकको पोष्टमार्टम र दाहसंस्कार प्रकृया पनि अघि बढेको छ ।