सन्सनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गर्न हुँदैन : मन्त्री बाँस्कोटा
गोरखापत्र अनलाइन ,
आश्विन १२, २०७६ आईतवार
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाचार सन्सनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गरिएकामा रोष प्रकट गर्नुभयो ।