सिन्धुलीगढी युद्धको सम्झना
गोरखापत्र अनलाइन ,
आश्विन १३, २०७६ सोमबार
नेपालको युद्ध इतिहासमा सिन्धुलीगढी क्षेत्रमा गोर्खालीले लडेको वीरतापूर्ण रणनीतिक ‘एम्बुस’ युद्धले विशेष महŒव राख्छ । सिन्धुलीको ढुङ्ग्रेबास, ढुङ्ग्रेभञ्ज्याङ र पौवागढी (आड)मा कप्तान किनलकका फौजमाथि वि.सं. १८२४ को असोजमा स्थानीय जनताको साथसहित गोर्खालीले बाटो ढुकेर आकस्मिक मार गरेका थिए ।