मध्यतराईमा जितिया पर्व हर्षोलासपूर्वक मनाईंदै (फाेटाे फिचरसहित)
गोरखापत्र अनलाइन ,
आश्विन ५, २०७६ आईतवार
मध्यतराईका बारा, पर्सा, रौतहतलगायतका जिल्लाहरुमा जितिया पर्व आज हर्षोलासपूर्वक मनाइदै छ ।
मधेसी, थारु र मैथिली समुदायका महिलाहरुले आ–आफ्ना सन्तानको दिर्घायु तथा पितृहरुको सम्झनाका लागि मनाइने यो पर्व हिजो शनिबारदेखि विधिवत रुपमा सुरु भएको हो । आश्विन कृष्ण सप्तमी तिथिको आगमनसँगै यो पर्वमा उपवास सुरु हुने र अष्टमीको दिनभरी पर्व मनाइएने तथा नवमी तिथि आगमन हुनासाथ पारण गरे सकेपछि ब्रत समापन हुनेछ ।