logo
२०८१ मंसिर ९ आईतवार



मठ र मोहीबीचको जग्गाको विवाद समाधान

राष्ट्रिय |


मठ र मोहीबीचको जग्गाको विवाद समाधान


जनार्जन खत्री
सर्लाही, असोज ४ गते । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा देवता महाकाली मठ र मोहीबीच वर्षौदेखिको विवाद समाधान भएको छ ।

लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा ११ बिघा पाँच कठ्ठा जग्गाको स्वामित्वको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।

जनप्रतिनिधिको पहलमा विवाद समाधान गरी मठ र मोहीलाई आधा–आधा जग्गा बाँडफाँड गरिएको लालबन्दी नगरपालिका–१७, का वडाध्यक्ष नवराज अधिकारीले जानकारी दिनुभयो ।

जग्गाको विवाद समाधान गरी शनिवार बिहान रानीगञ्जस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नौ जना मोहीलाई जग्गाधनी लालपूर्जा समेत प्रदान गरिएको छ ।

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, नेपाली काँगे्रस लालबन्दी नगरपालिकाको नगरप्रमुखका प्रत्यासी कुवेर आचार्यलगायतको उपस्थितिमा मोहीलाई लालपूर्जा वितरण गरिएको हो ।

सो जग्गाको विषयमा वि.सं.२०६६ सालदेखि मुद्दामामिला हुँदै आएको थियो । बीचमा केही समय नक्कली मोही समेत खडा भएका थिए ।

मठले बाँडफाँड गरेर बाँकी रहेको जग्गामा स्थानीय तहसँग समन्वय गरी बजार बसाल्ने तयारी भइरहेको छ ।

भू–माफियाले हड्न लागेको जग्गा जनप्रतिनिधिको पहलमा फिर्ता गरिएपछि स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?