एकताबद्ध भएर पार्टीका कार्यमा लाग्नुहोस् - नेता रावल
“सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “अब भ्रातृ सङ्गठन एकीकरणको काम पनि छिट्टै टुङ्गो लगाइने छ ।
‘जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ’ : पूर्वप्रधानमन्त्री खनाल
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताउनुभएको छ ।
सिमेन्टको गुणस्तरमा हेरफेर भएको छैन : विभाग
नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचाङ्कमा कुनै हेरफेर नभएको बताएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही समयअघि जारी गरेको सिमेन्टको नयाँ मापदण्डमा कुनै हेरफेर नभएको बताएको हो ।
अभियान बिथोलेको काँग्रेसको आरोप
नेपाली काँग्रेसले बाँकेमा नेपाल कम्युस्टि पार्टी (नेकपा)का कार्यकर्ताले जागरण अभियान अन्तर्गतको कार्यक्रम बिथोल्दै आफ्नो नेता कार्यकर्तामाथि साङ्घातिक हमला गरेको दाबी गरेको छ ।
सफा र स्वच्छ वायु भएको काठमाडौँ बनाउन कार्ययोजना
मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि बढाएको हो ।