logo
२०८१ मंसिर ९ आईतवार



अभियान बिथोलेको काँग्रेसको आरोप

राष्ट्रिय |


अभियान बिथोलेको काँग्रेसको आरोप



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २७ गते । नेपाली काँग्रेसले बाँकेमा नेपाल कम्युस्टि पार्टी (नेकपा)का कार्यकर्ताले जागरण अभियान अन्तर्गतको कार्यक्रम बिथोल्दै आफ्नो नेता कार्यकर्तामाथि साङ्घातिक हमला गरेको दाबी गरेको छ । काँग्रेसले आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै जिम्मेवार राजनीतिक दलको रूपमा प्रस्तुत हुन आग्रहसमेत गरेको छ ।
नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बाँकेको प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेश सभा क्षेत्र नं २ को खजुरा गाउँपालिका वडा नं २ सीतापुरस्थित नेपाल रेडक्रसको हलमा नेकपाका १३, १४ जना कार्यकर्ताले साङ्घातिक हमला गर्दै कार्यक्रम बिथोलेका हुन् । काँग्रेसले आक्रमणमा परी बाँके जिल्लाका सभापति किरण कोइरालाको हात ‘फ्याक्चर’ भएको र केन्द्रीय प्रतिनिधि विद्यानाथ खनालसहित कम्ती १४ जना कार्यकर्तामाथि हमला भएको जनाएको छ ।
काँग्रेसका मुख्य सचिव पौडेलले नेकपाका खजुरा गाउँपालिका वडा नं १ का अध्यक्ष सुमन मल्लको निर्देशनमा सभाहलमा प्रवेश गरेका कार्यकर्ताले “यो हाम्रो क्षेत्र हो, यहाँ नेपाली काँग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै कार्यक्रम बिथोलेको बताउनुभयो । सडकमा नाराबाजी गर्दै सभाहलमा कार्यक्रम बिथोले पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन संवेदनशील नहुनुले घटना सुनियोजित रूपमा गरिएको उहाँले दाबी गर्नुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?