शिक्षामा तीन तहमा एकै साथ सुधार गरिँदै : मन्त्री पौडेल
गोरखापत्र अनलाइन
चैत्र २२, २०७८ मंगलवार
नेपाल सरकराका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा रहेका समस्याहरुको विन्यास गरी तीन तहबाट एकै साथ समस्या समाधानको शुरुवात गरिएको बताउनुभएको छ । पश्चिम नवलपरासी सुनवल नगरपालिकाले आयोजना गरेको गुणस्तरीय शिक्षाका लागि शैक्षिक अन्र्तक्रिया कार्यक्रममा बोल्ने क्रममा मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।