logo
२०८१ मंसिर १४ शुक्रवार



अध्यक्ष व्यस्त भएपछि एमाले स्थायी कमिटी बैठक स्थगित

राष्ट्रिय |


अध्यक्ष व्यस्त भएपछि एमाले स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ । मङ्सिर ७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक साढे ३ बजेसम्मका लागि स्थगित भएको छ ।

बिहान ११ बजे सुरु भएको बैठक दिउँसो २ बजेपछि साढे ३ बजेसम्मका लागि स्थगित भएको सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । ‘केही विषयमा छलफल भएपछि बैठक साढे ३ बजेसम्मका लागि स्थगित भएको छ’, गुरुङले भन्नुभयो ।

बैठकमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन तयारीको रिपोटिङ भएको छ । महाधिवेशनको तयारीबारे महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले रिपोर्टिङ गर्नुभएको हो।

अबको बैठकमा महाधिवेशनको खुला र बन्दसत्रको कार्यक्र, महाधिवेशन प्रतिनिधिको रिपोर्टिङ, मनोनित हुने प्रतिनिधि र निर्वाचन आयोगले महाधिवेशन तयारीको विषयमा रिपोर्टिङ गर्ने कार्यसूची रहेको गुरुङले बताउनुभयो।

पार्टी अध्यक्ष केपी ओली सम्पादकसँगको छलफलमा सहभागी हुनुपर्ने भएपछि बैठक डेढ घण्टाका लागि स्थगित भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?