राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिले गणेशमानको सपना पूरा हुने
सपना थामी
कार्तिक २४, २०७८ बुधबार
नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय गणेशमान सिंहको १०६औं जन्म जयन्तीको अवसरमा देशको प्रजातान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गरिएको छ । लोहपुरुषको नामले चिनिने स्वर्गीय नेता सिंहको नेतृत्वमा २०४६ सालमा कार्यगत एकताको आधारमा कम्युनिस्टहरुसँगको संयुक्त जनआन्दोलन सफल भएको थियो ।