काठमाडौं, कात्तिक २४ गते । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
बुधबार दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विषेश समारोहमा राष्ट्रपति कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्नुभएको हो ।
मंगलबार नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानसेनापति दिल्ली पुग्नुभएको थियो ।
त्यस्तै आजै भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावललगायतका अधिकारीहरुसँग शर्माले भेट्ने गर्नुहुने कार्यक्रम छ ।