काँग्रेसको बाँकी १३ जिल्लाको वडा अधिवेशनकाे तयारी अन्तिम चरणमा
गोरखापत्र अनलाइन
कार्तिक २२, २०७८ सोमबार
सत्तारुढ दल नेपाली काँग्रेसको बाँकी रहेका १३ वटा जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते हुँदैछ । प्रदेश नम्बर दुईको आठ वटा जिल्लासहित बाँके, डोल्पा, कैलाली, सुर्खेत र रसुवामा क्रियाशील सदस्यता सम्बन्धमा विवाद हुदा वडा अधिवेशन हुन सकेको थिएन । सोमबार साँझसम्म रौतहटको मात्रै क्रियाशील सदस्यको नामावली आउन बाँकी रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।