सही सूचनाले निर्वाचन स्वच्छ र निष्पक्ष : सभामुख सापकोटा
गोरखापत्र अनलाइन
चैत्र २८, २०७८ सोमबार
सभामुख अग्निप्रसाद सापकोटाले सही सूचना प्रवाहले निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताउनुभएको छ । उहाँले देश र जनताको हितमा काम गर्न सही सूचनाको आवश्यकता पर्ने, जति धेरै पारदर्शी हुन सक्यो त्यति उत्तरदायी बनाउन सकिने, सूचनाको हक कार्यान्वयनमा आयोग गम्भीरतापूर्वक लाग्नेमा आफू विश्वस्त भएको बताउनुभयो ।