९० प्रतिशत महिला पीडित : मन्त्री उमा रेग्मी
गोरखापत्र अनलाइन
फाल्गुन २४, २०७८ मंगलवार
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले समाजमा रहेको रुढीबाढलाई चिर्दै महिला भएकोमा गौरव गर्दै अगाडि बढ्न सकिने बताउनुभएको छ । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिनुहुँदै महिला पूर्णरुपमा स्वतन्त्र नभए पनि कमजोर पनि नरहेको बताउनुभयो । समाजसँगै देश सेवा पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ ।