logo
२०८१ बैशाख १८ मंगलवार



म्यादी प्रहरी भर्नासम्बन्धी सूचना जारी भएको छैन : प्रहरी

राष्ट्रिय |
समाज |


म्यादी प्रहरी भर्नासम्बन्धी सूचना जारी भएको छैन : प्रहरी
फाइल तस्बिर


काठमाडौं, फागुन २६ गते । म्यादी प्रहरीको भर्ना सम्बन्धी सूचना सामाजिक सञ्जालमा राखिएको पाएकाले त्यससम्बन्धी कुनै पनि सूचना जारी नभएको नेपाल प्रहरीले जनाएको छ ।

स्थानीय निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी सम्बन्धी अहिलेसम्म प्रहरीले त्यस्तो सूचना प्रकाशित–प्रसारित नगरेको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत् स्पष्ट पारेको हो ।

प्रहरीले आवश्यक पर्ने म्यादी प्रहरीको भर्नासम्बन्धी नेपाल प्रहरीको वेवसाइट र सार्वजनिक संचार माध्यममा सूचना प्रकाशित गर्नेसमेत जानकारी गराएको छ ।

‘हालसम्म त्यस्तो सूचना प्रकाशित–प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ, यससम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाइट र सार्वजनिक सञ्चार माध्यममा भविष्यमा राखिने जानकारी गराउँदछौँ,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?