एमसीसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो : सञ्चारमन्त्री कार्की
गोरखापत्र अनलाइन
फाल्गुन १२, २०७८ बिहीबार
मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट, (एमसीसी)बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसीसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।