ऊर्जामन्त्री भुसालसँग भारत सरकारका ऊर्जा सचिवको शिष्टाचार भेट
गोरखापत्र अनलाइन
फाल्गुन १२, २०७८ बिहीबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोक कुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उहाँहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत आपसी सहकार्यबाट प्रयोगमा ल्याई दोहोरो आवश्यकता परिपूर्ति गर्नुपर्ने बताउनुभयो ।