एमसीसीले प्रधानन्यायाधीश राणामाथिको महाभियोग ओझेलमा
आशा साह
फाल्गुन ११, २०७८ बुधबार
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको बुधबार १० दिन भएको छ । प्रतिनिधिसभा नियमावली २०७५ अनुसार महाभियोग प्रस्ताव दर्ता भएको सात दिनपछि सभामुखले संसद् बैठकको दिन र समय तोक्नुपर्ने हुन्छ । तर, फागुन १ गते दर्ता भएको प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग दर्ता भएको ११ दिन भइसक्दा पनि सभामुखले छलफलका लागि दिन र समय तोक्नुभएको छैन ।