जब 'सिठ्ठी' फुक्दै खाली रेल हुइँकिन्छ, हेर्नेकाे भीड लाग्छ
रासस
फाल्गुन १२, २०७८ बिहीबार
टाढैसम्म सुनिने रेलको आवाज अहिले महोत्तरी र धनुषाका सर्वसाधारणका लागि मनोरञ्जनको विषय बनेको छ । यही फागुन सङ्क्रान्तिदेखि भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रित्तो रेल चल्न थालेपछि यस भेगमा उल्लास छाएको हो । दैनिक एकपटक आवतजावत गर्ने रेलको आवाज थाहा पाएपछि स्टेसन र रेलमार्ग वरिपरि रमिते जम्मा हुने गरेका छन् । रेलको ‘सिठ्ठी’ पाँच/सात किलोमिटर परसम्म सुनिने हुँदा नजिकका सर्वसाधारण रेल हेर्न दौडदै आउने गरेका छन्...