logo
२०८१ मंसिर ८ शनिवार



गोरखापत्र ज्ञान सागर

वस्तुगत प्रश्नोत्तर

नोटिस |


गोरखापत्र ज्ञान सागर


१. यस वर्ष (२०१९) को आईसीटी पायोनियर अवार्ड कसलाई प्रदान गरियो ?

 महावीर पुन

२. भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा नेपालको कुन ठाउँमा भ्युटावरसहित पार्क निर्माण गरिने भएको छ ?
हेटौँडा

३. नेपाल खाद्य संस्थानलाई ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ कहिले बनाइएको हो ?
विक्रम संवत् २०७६ साउन २८
२०७६ जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्वलाई खाद्य संस्थानमा गाभेर व्यापारिक कम्पनी बनाउने निर्णय गरेको थियो ।

४. भिडियो टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद् बैठक कहिले बस्यो ?
विक्रम संवत् २०७६ भदौ ९ गते

५. भारतद्वारा प्रक्षेपित चन्द्रयान–२ चन्द्रमाको कक्षमा कहिले प्रवेश गरेको हो ?
सन् २०१९ अगस्ट २०
– भारतीय अन्तरीक्ष अनुसन्धान संस्था (इस्रो) का अनुसार चन्द्रयान–२ ले आउँदो सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा अवतरण गर्नेछ । चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोमिटर टाढा रहेको ।
– यो यान सन् २०१९ जुलाई २२ का दिन पृथ्वीबाट प्रक्षेपण गरिएको थियो ।
– यससँगै चन्द्रमाको सतहमा पुग्ने भारत चौथो देश बन्ने ।
– यसअघि अमेरिका, रूस र चीनले चन्द्रमामा यानहरू ओरालिसकेका छन् ।

६. नेपालमा औपचारिक रूपमा नर्सिङ शिक्षाको सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०१३
(विसं २०१३ मा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा नेपालमा पहिलोपटक औपचारिक रूपमा नर्सिङ शिक्षाको सुरुवात भएको हो । सुरेन्द्र भवनमा नर्सिङ स्कुल स्थापना गरी तीन वर्ष छ महिनाको नर्सिङ शिक्षा अध्यापन गराउन सुरु गरिएको थियो । २०१६ सालमा शान्त भवन नर्सिङ स्कुल स्थापना भएको देखिन्छ । यसका साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारी तवरबाट मध्यमस्तरीय जनशक्तिको आवश्यकता महसुस गरी २०१९ सालमा असिस्टेन्ट नर्स मिडवाइफ (अनमी) सम्बन्धी तालिमको सुरुवात भएको थियो । )

७. जलवायु अनुकूलन प्रणालीको सुरुवात गरिएका दोलखाका दुई गाउँ कुन–कुन हुन् ?
 बेगुम्पा र क्याङपोल
– जलवायु परिवर्तनका कारण कृषि र पशु क्षेत्रमा विविध समस्या देखिएकाले सो प्रणाली अपनाउन थालिएको ।
– स्थानीय सरकार सञ्चालन ऐन र गाउँपालिकाले निर्माण गरेको दिगो आवधिक योजनामा जलवायु अनुकूलन गाउँ हुनका लागि न्यूनतम सूचकहरू उल्लेख छन् । त्यसका लागि जलवायु परिवर्तनका असर खेप्न सक्ने नवीकरणीय ऊर्जा, सोहीअनुसारको विषादीरहित खेती पद्धति, जोखिममा रहेका प्राकृतिक स्रोतको संरक्षण, वैकल्पिक आयका रूपमा आधुनिक नगदे तथा खाद्यबालीको विकास, गोठ सुरक्षा र पशु स्वास्थ्य सुरक्षा, मलमूत्र व्यवस्थापन, वैकल्पिक सिँचाइ आदिको व्यवस्था हुनुपर्ने ।

८. नेपाल वायुसेवा निगमले बाह्र वर्षपछि जापानको ओसाकामा पुनः उडानको सुरुवात कहिलेदेखि गर्ने भएको छ ?
 विसं २०७६ भदौ १२
(निगमले सन् १९९४ अक्टोबर ३० बाट काठमाडौँ–साङ्घाई–ओसाका उडान सुरु गरेको थियो । तर, प्राविधिक उपकरणको कमी तथा अप्रत्यक्ष उडानका कारण निगमले सन् २००७ देखि ओसाका उडान स्थगित गरेको थियो । सोही उडानलाई निरन्तरता दिन निगमले भदौदेखि सिधा उडान सुरु गर्न थालेको । )

९. नेपालको संविधानअनुसार संसदीय सुनुवाइ हुने पदहरू कुन–कुन हुन् ?
 प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, राजदूत र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी

१०. सन् २०१९ मा प्रदान गरिएको रेमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व को–को हुन्?
 रविशकुमार (भारत), को स्वे विन (म्यानमार), आङ्खाना निलापाइजित
(थाइल्यान्ड), रेमन्डो पुजान्ते (फिलिपिन्स) र किम जोङ–की (दक्षिण कोरिया)

११. नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक कहिले र कहाँ सम्पन्न भएको हो ?
विसं २०७६ भदौ ५्र, काठमाडौँ
– पुराना सहमति र प्रतिबद्धताको मूल्याङ्कन नै यसपटकको बैठकको मुख्य कार्यसूची रहेको ।
– सन् १९८८ मा सुरु भएको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठक अहिलेसम्म पाँचवटा सम्पन्न भएका ।
– आयोगको दोस्रो र तेस्रो बैठकको अन्तराल २४ वर्ष रहन पुगेको । सन् २०१६ मा भारतको नयाँदिल्लीमा भएको चौथो बैठकले नेपाल–भारत सम्बन्धलाई नयाँ धारमा अगाडि बढाउने प्रतिबद्धता जनाएको ।
– बैठक हरेक दुई–दुई वर्षमा हुने प्रावधान राखिएको भए पनि एक वर्ष ढिलोगरी यो बैठक भएको ।

१२. ‘मृत्युको आयु’ नामक पुस्तकका लेखक को हुन् ?
डा. रवीन्द्र समीर
(वैदेशिक रोजगारी एवम् त्यसले व्यक्ति, परिवार र समाजमा पारिरहेको प्रभावलाई मार्मिक रूपमा चित्रण गरिएको औपन्यासिक कृति)

१३. राष्ट्रिय कविता महोत्सव २०७६ मा प्रथम स्थान हासिल गर्न सफल कवि को हुन् ?
 कवि हेम प्रभास (धादिङ), कविता ः परदेश गएका पतिका नाममा
(विसं २०७६ असार ९ मा सम्पन्न प्रतियोगितामा डोटीका सुभाषचन्द्र भण्डारी (विनाशका अलिखित संवेगहरू) द्वितीय एवम् लमजुङका प्रज्वल अधिकारी (पाठशाला), सोलुखुम्बुका शान्ति शर्मा (उज्यालोको गीत) र काठमाडौँका प्रकाश बस्नेत गफाडी (इन्द्रधनुष) तृतीय भएका । )

१४. नेपाल विद्युत् प्राधिकरणले हालै सार्वजनिक गरेको विद्युतीकरणसम्बन्धी तथ्याङ्कअनुसार देशभर कति प्रतिशत जनतामा राष्ट्रिय प्रसारणको पहुँच पुगेको छ ?
 ७७.८२ प्रतिशत
– मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी प्रकाशित सो तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको करिब २२.१८ प्रतिशत जनता अझै विद्युत्को राष्ट्रिय ग्रिडबाहिर रहेका । यसमध्ये करिब १२ प्रतिशतमा वैकल्पिक ऊर्जाको पहुँच रहेको ।
– प्रतिवेदनमा ५५ स्थानीय तहमा पाँचदेखि ३५ प्रतिशत, १०६ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत तथा २५३ मा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको औँल्याइएको ।
– ७५३ मध्ये ५० स्थानीय तहमा मात्र सतप्रतिशत बिजुली पुगेको ।
– १०३ स्थानीय तहमा पाँच प्रतिशतभन्दा कम विद्युतीकरण भएको ।
– सबभन्दा धेरै विद्युतीकरण प्रवेश ३ (९०.३ प्रतिशत) मा भएको देखिएको ।
– सबभन्दा कम कर्णाली प्रदेशमा २७ प्रतिशत जनताको पहुँचमा मात्र राष्ट्रिय प्रसारणको पहुँच पुगेको ।
– त्यस्तै, गण्डकी प्रदेशमा ८७.३९, प्रदेश ५ मा ८१.०३, प्रदेश २ मा ७९.७७, प्रदेश १ मा ७५.९० तथा सुदूरपश्चिम प्रदेशमा ५८ प्रतिशत विद्युत् पहुँच पुगेको ।
– सरकारले विसं २०७९ (सन् २०२२) भित्र प्रत्येक घरधुरीमा विद्युत् सेवा पु¥याउने र चार वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपत ७०० युनिट पु¥याउने लक्ष्य राखेको ।

१५. निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मस्यौदा कहिले सार्वजनिक गरेको हो ?
 विसं २०७६ भदौ २
– लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखी पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा गरिएको ।
– नयाँ रणनीतिअनुसार आउँदा निर्वाचनमा मतदानस्थलमै मतगणना गर्ने योजना प्रस्ताव गरिएको ।
– त्यस्तै, राजनीतिक दललाई राज्यका तर्फबाट अनुदान दिने प्रस्ताव पनि रणनीतिक योजनामा समेटिएको ।
– यो योजना कार्यान्वयनका लागि करिब आठ अर्ब पाँच करोड ६० लाख रुपियाँ लागत लाग्ने प्रारम्भिक अनुमान रहेको ।
– निर्वाचनमा नागरिक एवम् सरोकारवालाको सहभागिता, सहकार्य र साझेदारी बढाउने उद्देश्य रहेको उक्त योजनाका लागि तयार गरिएका पाँच रणनीतिअन्तर्गत ४० वटा कार्यनीति पहिचान गरिएको ।

१६. उच्च शिक्षालाई व्यवस्थित गरी यसका नीति÷रणनीतिहरू तय गर्न उच्चस्तरीय संयन्त्र कसको अध्यक्षतामा बनाइने भएको छ ?
 प्रधानमन्त्री

१७. मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार को राशि कति बनाइएको छ ?
चार/चार लाख
– यस वर्षदेखि मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको राशि चार–चार लाख रुपियाँ बनाइएको ।
– मदन पुरस्कार २०१२ सालमा र जगदम्बाश्री २०४५ सालमा स्थापना गरिएको ।

१८. यस वर्ष (२०७६) को बीपी साहित्य सम्मान पुरस्कारबाट सम्मानित हुन सफल स्रष्टा को हुन् ?
वैरागी काइँला

१९. विसं २०७६ मा प्रदान गरिने गोपाल पाँडे असीम पुरस्कारबाट को सम्मानित भएका छन् ?
साहित्यकार शेषराज सिवाकोटी (पुरस्कार राशि ः ५० हजार)

२०. विश्व फोटोग्राफी दिवस कहिले मनाइन्छ ?
 अगस्ट १९

२१. शिक्षा मन्त्रालय र रातो बङ्गला फाउन्डेसनको आयोजनामा गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?
विसं २०७६ भदौ ७–९
(शैक्षिक गुणस्तर सुधारका लागि बालकेन्द्रित र सिकाइकेन्द्रित सार्थक शिक्षण सिकाइ सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको । )

२२. सन् २०१९ मा नेपालमा सम्पन्न पाँचौँ एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

 किर्गिस्तान
(लगनखेलस्थित आर्मीको कभर्ड हलमा भएको फाइनल खेलमा किर्गिस्तानले उज्वेकिस्तानलाई हराई उपाधि चुमेको । सात टोली सहभागी सो प्रतियोगितामा आयोजक नेपालले पाँचौँ स्थान हासिल गरेको । त्यस्तै, तेस्रो चौथो, छैटौँ र सातौँ स्थानमा क्रमशः तुर्कमेनिस्तान, माल्दिभ्स, अफगानिस्तान र बङ्गलादेश रहेका । एभीसी सेन्ट्रल जोन भलिबलको छैटौँ संस्करण बङ्गलादेशमा आयोजना हुने भएको ।

२३. प्रदेशमा हरित प्रदेश अभियानको शुभारम्भ कहिले गरिएको हो ?
 विसं २०७६ भदौ ७

२४. चीनको बेइजिङमा आयोजित बेइजिङ इन्टरनेसनल पब्लिसिङ फोरममा ‘स्पेसल बुक अवार्ड फर युथ स्कलर्स’बाट सम्मानित नेपाली को हुन् ?
किरण गौतम
(गौतमसहित विश्वभरका १२ जनालाई ‘स्पेसल बुक अवार्ड’ र तीनजनालाई ‘युवाविशेष पुरस्कार’ प्रदान गरिएको । पाँच वर्षयता चिनियाँ साहित्यका ६५ भन्दा बढी पुस्तकको नेपाली अनुवाद प्रकाशन गरी दुई देशको कला, साहित्य, साँस्कृतिक आदान–प्रदानमा योगदान पु¥याएको कदरस्वरूप गौतमलाई सो पुरस्कार प्रदान गरिएको । )

२५. प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारीमा कसलाई खटाइने भएको छ ?
सङ्घीय मन्त्रालयका वरिष्ठ सहसचिव
(सरकारले सातवटा प्रदेश सरकारका मन्त्रालयका लागि ३५ जना वरिष्ठ सहसचिव सरुवा गरेको । )

२६. नेपाल सरकारले इन्डोनेसियामा अवैतानिक महावाणिज्य दूतावासको स्थापना कहिले ग¥यो ?
सन् २०१७ सेप्टेम्बर १३

२७. राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ भूकम्प स्मृति उद्यान निर्माण कहाँ गरिने भएको छ ?
सिन्धुपाल्चोक
– २०७२ वैशाख १२ गतेको भूकम्पमा मुलुकका अति प्रभावित १४ जिल्लाको प्रतिनिधित्व हुनेगरी १४ खम्बा राखी उद्यान निर्माण गर्न लागिएको ।
– चौतारा साँगाचोक गढी नगरपालिका ५ र ६ मा पर्ने भगवती सामुदायिक वनक्षेत्रको ८२ रोपनी १२ आना जग्गामा उद्यान निर्माण गरिने ।

२८. अमेरिकी अन्तरीक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्ययनका लागि पठाइएको अन्तरीक्ष यान कुन हो ?
क्यासिनी

२९. “शिक्षण कला भनेको खोजीकार्यको सहयोगी कला हो” भन्ने विद्वान् को हुन् ?
 मार्क भान डोरेन, अमेरिकी कवि

३०. मङ्गल ग्रहका दुई उपग्रह फोबोस र डिमोस पत्ता लगाउने अमेरिकी अन्तरीक्ष यात्री को हुन् ?
 असाफ हल (सन् १८७७ अगस्ट ११)

प्रस्तुतकर्ता : टङ्क केसी/हेमचन्द्र शर्मा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?