logo
२०८१ जेष्ठ २ बुधवार



प्रम देउवा पाैडेलले आयाेजना गरेकाे चियापानमा सरिक

नोटिस |


प्रम देउवा पाैडेलले आयाेजना गरेकाे चियापानमा सरिक


काठमाडौं, मङ्सिर २८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पाैडेलले मङ्गलबार याेजना गर्नुभएको चियापान तथा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको छ ।

काँग्रेस केन्द्रीय महाधिवेशनमा पहिलो चरणकाे मतगणनामा अन्य प्रतिस्पर्धीभन्दा दुई हजार २५८ मत प्राप्त गर्नुभएको देउवा पाैडेललगायत महाधिवेशनका प्रतिनिधिहरुसँग भेटघाटका लागि काठमाडौंकाे लैनचौर बैंक्वेट पुग्नुभएकाे प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिकाे दाेस्राे चरणकाे प्रक्रिया पनि मङ्गलबार प्रारम्भ हुँदैछ । महाधिवेशनलगायतका विषयमा छलफल गर्न देउवा त्यहाँ पुग्नुभएकाे जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?