लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण
रासस
बैशाख ६, २०७८ सोमबार
निर्वाचन आयोग नेपालले लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ । आयोगले आज आव २०७४÷७५ देखि आव २०७६-७७ सम्म लगातार आयव्ययको लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दललाई सात दिनको समय दिएको हो ।
लेखा परीक्षण नबुझाउने दलहरुमा राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, नेपाली ग्रिन्स पार्टी, राष्ट्रिय जनएकता पार्टी, हाम्रो पार्टी,...